लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित – Nepalboli

लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित

   २०८१ असार १७, सोमबार  

लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ संसदबाट बहुमतले पारित भएको छ। सोमबारको प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गरेको विधेयक बहुमतले पारित भएको हो।

सभाको बैठकमा सभामुख देवराज घिमिरेले सरकारले ल्याएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको विधेयक संसदबाट बहुमतले पारित भएको घोषणा गरे।

संसदमा सांसदहरूले विधेयकमाथि छलफल गरी मन्त्री भण्डारीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै