प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबिच भेटवार्ता – Nepalboli

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबिच भेटवार्ता

   २०८१ असार १६, आईतवार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सिंहदरबारमा भेटवार्ता भएको छ। आइतबार सत्तारुढ दुई दलका नेताबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। शनिबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट्नुभएको विषयमा सामान्य कुराकानी भएको बताइएको छ।

शनिबार सभापति देउवा र ओलीबिच बालकोटमा भेटवार्ता भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै