देउवाले बोलाए पदाधिकारी बैठक – Nepalboli

देउवाले बोलाए पदाधिकारी बैठक

   २०८१ असार १६, आईतवार  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निवास बूढानीलकण्ठमा सोमबार अपराह्न ३ बजे बस्ने गरी सभापति देउवाले बैठक बोलाएका हुन् ।

पौडेलका अनुसार बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएकोजस्ता विषयमा छलफल हुनेछ। कांग्रेसले गत पुसमा ६ महिना भित्र महाधिवेशन गर्ने गरी भ्रातृ संस्थाको म्याद थप गरेको थियो। तर तोकिएको समयमा भ्रातृ संस्थाहरूले महाधिवेशन गर्न सकेनन्।

असार १५ गतेदेखि भ्रातृ संस्थाका तदर्थ समितिको म्याद सकिएको थियो। पौडेलका अनुसार भ्रातृ संस्थाका म्याद के गर्ने भन्नेबारे छलफल गरी निर्णय लिनु पर्ने अवस्था पनि छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै