हतारमा तत्काल पार्टी र वाम एकता हुँदैन – प्रधानमन्त्री दाहाल – Nepalboli

हतारमा तत्काल पार्टी र वाम एकता हुँदैन – प्रधानमन्त्री दाहाल

   २०८१ असार १४, शुक्रबार  

प्रधानमन्त्री पुष्पकमल दाहालले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन् ।  आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बिगतमा जस्तो दुर्घटना नहोस् भन्ने सोचेर मात्र अघि बढ्ने बताए । पार्टी एकता वा वाम एकताभन्दा पनि राजनैतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गरी अघि बढेर जनताले देख्ने गरी काम गछौँ, प्रधानमन्त्री दाहालले भने । पहिलाको जसरी दुर्घटना हुने गरी वाम एकता नहुने उल्लेख गर्दै उनले सतर्कताका साथ आफूहरु अगाडि बढेको बताए ।

प्रधानमन्त्री दाहालले अहिलेको परिस्थितिअनुसार सरकारले मेहनत गरेर काम गरिरहेको बताए । मन्त्रालयका आ–आफ्ना जटिलता रहेको उल्लेख गर्दै उनले भने, जनतालाई प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम देखिनुपर्छ । समग्रमा अहिलेको परिस्थिति जस्तो छ त्यही अनुसार सरकारले गर्न सक्ने काम मेहनत गरेर गरिरहको उनको भनाइ थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष मलको अभाव हुन नदिने बताउनुभएको छ।  “अहिले हामी मलको राम्रो तयारीमा छौँ। अभाव हुन दिन्नौँ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “गत वर्ष मलको अभाव थिएन। यो वर्ष पनि मलको अभाव हुँदैन।” उहाँले दूध किसानको भुक्तानी दिने प्रकृया अगाडि बढाइसकेको जानकारी दिँदै यसमा गम्भीर रहेको उल्लेख गर्नुभयो। ‘‘दूध किसानले बाँकी भुक्तानी चाँडै हुन्छ। यो विषयमा सरकार गम्भीर छ’’, उहाँले भन्नुभयो।

केरा किसानको विषयमासमेत मन्त्रालयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डले प्रष्ट पार्नुभएको छ। “किसानको केरा खेतीमा भएको क्षतिका बारेमा पनि मन्त्रालयमा छलफल भइरहेको छ। समस्या समाधानका लागि सरकारले गम्भीर पहल गरिरहेकै छ”, उहाँले भन्नुभयो। उहाँले किसानको समस्या समाधानमा छिटो भन्दा छिटो हुने प्रष्ट पार्नुभयो।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै