धनुषाको चित्रपुरमा आँप मेला
मधेश प्रदेशमै पहिलो पटक आन्तरिक बजार प्रवर्द्धन गर्ने उद्देश्यले आँप मेलाको आयोजना भएको छ। धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा यो मेलाको आयोजना गरिएको हो। मेलामा विभिन्न २० भन्दा बढी प्रजातिका आँप प्रदर्शनीमा राखिएको छ।
बजार प्रवद्र्धन तथा नयाँ पुस्तालाई आँपका प्रजाती चिनाउन शुक्रबार एक दिवसीय आँप मेलाको आयोजना गरिएको मेला आयोजक समितिका फुलगेन मगहीले जानकारी दिनुभयो। मेलामा आँपबाट बनाइएका आचार, अमोठलगायतका विभिन्न परिकारसमेत प्रदर्शनी तथा बिक्रीका लागि राखिएको मगही भाषाका अभियन्तासमेत रहेका महतोले जानकारी दिनुभयो।
उहाँले मेला घुम्न आउने अतिथिका निःशुल्क आँप खुवाउने व्यवस्था मिलाइएको बताउनुभयो।
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुञ्ज कार्कीले यहाँका आँपलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नेुपर्ने बताउनुभयो। यसका लागि तीन वटै तहका सरकारले पहल गर्नुपर्ने उहाँले जानकारी दिनुभयो।