विपक्षी दलहरु संग कांग्रेसको छलफल
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरु संग छलफल गरेका छन । संसदीय छानबिन समितिको माग गरेर संसद बैठक अबरुद्ध गर्दै आएका नेपाली काग्रेसको मागमा पछिल्लो समय विपक्षी दलहरुले समेत समर्थन गर्दै आएका छन ।
गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको माग लिएर संसद्मा एक्लै अवरोध गर्दै आइरहेको कांग्रेसले शुक्रबार विपक्षी दलहरूको पनि साथ खोज्दै छलफल अघि बढाएको थियो ।