काठमाडौं-तराईमधेश द्रुतमार्ग : लेनडाँडा सुरुङमार्ग छिचोलियो – Nepalboli

काठमाडौं-तराईमधेश द्रुतमार्ग : लेनडाँडा सुरुङमार्ग छिचोलियो

   २०८१ जेष्ठ ४, शुक्रबार  

नेपाली सेनाले काठमाडौँ–तराईमधेश द्रुतमार्ग सडम आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’ छिचोलिएको छ । काठमाडौँ–तराईरमधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु गरिएको सेनाले जनाएको हो ।

द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरु मध्ये निकट भविष्यमा दुवै तर्फको सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै