इलाम २ मा माओवादीले एमालेका उम्मेदवार सुहाङलाई सघाउने
वैशाख १५ मा हुने उपनिर्वाचनमा सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । एमाले माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी छ । त्यसैले माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङलाई सघाउने भएको हो ।
माओवादी केन्द्रका सचिव राम कार्कीले भने, “अब पार्टीले त एमालेलाई नै समर्थन गर्ने भयो नि, गठबन्धन छ ।” त्यसो त माओवादी केन्द्रबाट इलाम २ मा धिरेन शर्माको नाम सिफारिस भएको थियो । तर, माओवादीले उनलाई औपचारिकरूपमा उम्मेदवार घोषणा गरेको छैन ।
गठबन्धनसम्बद्ध अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मिलन लिम्बू उम्मेदवार छन् भने पहिचानवादीहरूको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार छन् । इलाम २ मा दोस्रो ठूलो दल नेपाली कांग्रेसले भने उम्मेदवार टुङ्ग्याउन सकेको छैन ।