कर्णालीका मुख्यमन्त्री शर्माको राजीनामा – Nepalboli

कर्णालीका मुख्यमन्त्री शर्माको राजीनामा

   २०८० चैत्र २१, बुधबार  

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुभएको छ। बुधबार प्रदेश सभालाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो। राजीनामा दिनुअघि उहाँले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको प्रस्तुत गर्नुभएको थियो।

उहाँले आफूले परिवेश बदलिएकाले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको जानकारी दिए। शर्माले राजीनामा दिएसँगै मुख्यमन्त्रीले विश्वासको मत लिने कारबाही अघि नबढ्ने सभामुख नन्दा गुरुले जानकारी दिनुभयो।

योसँगै प्रदेशसभाको बैठक चैत २५ गतेसम्म स्थगित भएको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै