गृहमन्त्रीबारे छानबिन समिति नबने संसद् चल्न नदिने कांग्रेसको चेतावनी
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रका शर्माले सहकारी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिन समिति नबनाइएकोमा आपत्ति प्रकट गरेका छन्। बुधबार बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्ने क्रममा महामन्त्री शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन बनाउनै पर्ने कांग्रेसको अडान दोहोर्याए।
शर्माले बुधबारदेखि संसदीय समिति गठबनबारे कांग्रेसको अल्टिमेट सकिएको पनि घोषणा गरे। ‘आजबाट हाम्रो अल्टिमेटम सकिएको पनि हामी सुनाउन चाहन्छौँ’, उनले भने, ‘आज पछाडि आउँदो बैठकमा आउँदै गर्दा सरकारले संसदीय समिति लिएर आओस्। अन्यथा हुनु भएन।’ शर्माले फागुन २१ बनेको नयाँ गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी मिसिनुअघि रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरिएको कुरा भ्रममात्रै रहेको पनि तर्क गरेका छन्।
‘अहिले कुनै चालको कुरा छैन। प्रधानमन्त्री पद प्रस्ताव गरिएको छ भन्ने छ भने पनि होइन’, उनले गृहमन्त्री लामिछानेबारे भने, ‘नेपाली कांग्रेसको सभापति वा महामन्त्रीले निर्णय नगरी कसैलाई प्रधानमन्त्री पदको प्रस्ताव किस्तीमा राखिएर गरिएको छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्छु।’
उनले रवितिर कटाक्ष गर्दै गृहमन्त्री नै नभइ नहुने अडान राखेका व्यक्तिले प्रधानमन्त्रीको प्रस्ताव राखिएको भए किन नखाएकोरु भनेर प्रश्न पनि गरे। ‘नाइँ मलाई त्यही गृहमन्त्री चाहिन्छ भनेका मित्रले प्रधानमन्त्रीको प्रस्ताव राखिएको भए किन खानुभएन होला ?’, उनले भने, ‘सुन तस्करी प्रकरणमा पनि न्यायिक छानबिन समिति बनेको थियो। सहकारी ठगी प्रकरणमा पनि हामीले संसदीय छानबिन समिति मात्रै मागेका हौँ।