खरिद अनुगमन कार्यालयले सोध्यो २६ निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण – Nepalboli

खरिद अनुगमन कार्यालयले सोध्यो २६ निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण

   २०८० चैत्र १९, सोमबार  

सरकारले २६ वटा निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्नुअघि ती निर्माण कम्पनीलाई सोमबार ७ दिने स्पष्टीकरण सोधेको छ ।

विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्नका लागि २६ वटा निर्माण कम्पनीलाई सिफारिस गरेपछि कार्यालयले सुरुमा ३० दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना पठाएको थियो । तर, सो समयमा स्पष्टीकरण प्राप्त नभएकाले पुनः अन्तिम मौका दिइएको कार्यालयको भनाइ छ । ७ दिनको अवधिमा पनि स्पष्टीकरण पेश नगरेमा कालोसूचीमा राखिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै