उपनिर्वाचनमा उम्मेदवार बन्न रास्वपाभित्र ६ जनाको दाबी – Nepalboli

उपनिर्वाचनमा उम्मेदवार बन्न रास्वपाभित्र ६ जनाको दाबी

   २०८० चैत्र १४, बुधबार  

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ मा हुने उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न चाहने नेताहरुको सूची निकालेको छ । बुधबार सूचना जारी गर्दै रास्वपाले इलाम २ मा उम्मेदवारी बन्न ६ जनाले इच्छा देखाएको जनाएको छ ।

जसमा गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा शेषरमण न्यौपाने छन् ।

पार्टीको प्रारम्भिक उम्मेदवारी उपरको दावी विरोध गर्ने समय चैत १४ देखि १५ गते दिउँसो १ बजेसम्मलाई निर्धारण गरिएको पार्टीले जनाएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै