स्याङ्जा प्रशासनमा मिटरब्याजी सम्बन्धी हेल्प डेस्क स्थापना – Nepalboli

स्याङ्जा प्रशासनमा मिटरब्याजी सम्बन्धी हेल्प डेस्क स्थापना

   २०८० चैत्र १४, बुधबार  

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मिटरब्याजी सम्बन्धी हेल्प डेस्क स्थापना गरेको छ। मिटरब्याजी सम्बन्धी उजुरी र गुनासा सुनुवाइ गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय स्याङ्जाले हेल्प डेस्क स्थापना गरेको हो।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितका गुनासा तत्काल सुनुवाइ गर्न फोकल पर्सन तथा सहजीकरण डेस्क तोकिएको बताउनुभयो।

अनुचित लेनदेन मिटरब्याज विरुद्धको जाँचबुझ आयोग गठन हुने भएकाले मिटरब्याज सम्बन्धी उजुरी तथा निवेदन दिन र पीडितको गुनासो सुनुवाइ गर्न प्रशासकीय अधिकृत शोभाखर पोखरेललाई फोकल पर्सन तोकिएको उल्लेख गरिएको छ।

गृह मन्त्रालयले पत्र अनुसार डेस्क स्थापना गरिएको हो। जिल्लामा मिटरब्याजीबाट पीडित हुनुभएका सर्वसाधारणलाई डेस्कमा आएर उजुरी तथा निवेदन पेश गर्नसमेत स्याङ्जा प्रशासनले आग्रह गरेको छ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै