एकीकृत समाजवादीले टुंग्यायो इलाम र बझाङको उम्मेदवार – Nepalboli

एकीकृत समाजवादीले टुंग्यायो इलाम र बझाङको उम्मेदवार

   २०८० चैत्र १४, बुधबार  

एकीकृत समाजवादीले इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ। एकीकृत समाजवादीले इलाम–२ मा जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

यस्तै, बझाङ–१ को प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए। राई इलामको माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन्। उनी २०७४ को निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने उनी नेकपा (एमाले) का कुशबहादुर थेवेसँग पराजित भएका थिए।

सिंह एकीकृत समाजवादीका बझाङ जिल्ला अध्यक्ष हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै