उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी वाङ भेट – Nepalboli

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी वाङ भेट

   २०८० चैत्र १३, मंगलवार  

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबिच सोमबार बेइजिङको स्टेट गेस्ट हाउसमा द्विपक्षीय भेटवार्ता भएको छ । श्रेष्ठ नेपालको सत्तारुढ दल माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष हुन् भने विदेशमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य हुन् ।

परराष्ट्र मन्त्रालयको अनुसार उक्त द्विपक्षीय भेटवार्तामा दुवै नेताले द्विपक्षीय सम्बन्धको अवस्थाको मूल्यांकन गर्दै सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै, उक्त अवसरमा न्यानो र सौहार्दपूर्ण भेटमा दुई नेताले आयोजनाको छिटो कार्यान्वयनमा जोड पनि दिएका छन् ।

साथै, उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेर छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै