इलामको उपनिर्वाचनका लागि राप्रपाले पठायो तीन जनाको नाम – Nepalboli

इलामको उपनिर्वाचनका लागि राप्रपाले पठायो तीन जनाको नाम

   २०८० चैत्र १३, मंगलवार  

वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला समितिले तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ । राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले उम्मेदवारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको हो।

बैठकले लक्ष्मी गुरुङलाई पहिलो नम्बरमा राख्दै यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम प्रदेशमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले बताए ।

बैठकमा राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापा, कोशी प्रदेश सभासद् गोपाल गजमेर र राप्रपा इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनका संयोजक रवीन्द्र लिङ्देनको समेत उपस्थिति रहेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै