प्रचण्ड, ओली र माधव नेपालबीच भेटवार्ता – Nepalboli

प्रचण्ड, ओली र माधव नेपालबीच भेटवार्ता

   २०८० चैत्र १२, सोमबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको अनौपचारिक भेटमा १५ वैशाखमा हुने उपनिर्वाचन, प्रदेश सरकार हेरफेर र संघीय सरकारको पूर्णताबारे छलफल भएको छ ।

२५ सदस्यीय मन्त्रिपरिषदमा दुई सदस्यको पद रिक्त छ । नेताहरूको भेटवार्तापछि सोमबार नै प्रधानमन्त्री प्रचण्डले जसपाका सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराएका छन् ।

योसँगै मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । अब दुई राज्यमन्त्री थप गर्ने सुविधा प्रधानमन्त्रीलाई छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै