होली उत्सवमा बालेन शाहको र्याप
रातभर होली खेल्न दर्शकलाई आग्रह
काठमाडौं महनागरपालिकाका मेयर बालेन शाहले होली उत्सवमा र्याप गाएका छन् । फागु पूर्णिमाको अवसर पारेर दरबार मार्गमा आइतबार आयोजित कार्यक्रममा मेयर शाहले र्याप गाएका हुन् । खासमा उनी होलीमा शुभकामना दिन गएका थिए । दर्शकले र्याप हान्न आग्रह गरेपछि उनले गाएका हुन् ।
काठमाडौं १ र स्थानीय क्लबहरूको आयोजनामा सहभागीले पटक पटक आग्रह गरेपछि उनले छोटो र्याप गाए । दरबार मार्गमा अन्य कलाकार पनि कन्सर्टमा सहभागी थिए । रातभरि बसेर मनोरञ्जन लिन उनले आग्रह गरेका छन् ।