मन्त्रिपरिषद् बैठकका १६ निर्णय सार्वजनिक – Nepalboli

मन्त्रिपरिषद् बैठकका १६ निर्णय सार्वजनिक

   २०८० चैत्र ९, शुक्रबार  

मन्त्रिपरिषद् बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले सार्वजनिक गर्नुभएको हो। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले बिहीबारको मन्त्रिपरिषद् बैठकका १६ निर्णय सार्वजनिक गर्नुभएको हो।

सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने भएको छ। चैत्र ८ गते बसेको मन्त्रीपरिषद् बैठकले सो विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।

त्यसैगरी मन्त्रीपरिषद् बैठकले एकीकृत कानुनी सहायता सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय पनि गरेको छ। खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी नियमावली, २०८० स्वीकृत गर्ने भन्ने निर्णय पनि गरिएको छ।

मन्त्रिपरिषद्को विधेयक समितिबाट आएको निर्णयलाई स्वीकृति प्रदान गरिएको मन्त्री शर्माले बताउनुभयो। सरकारले २०८१ साल वैशाख १७ गतेदेखि २३ गतेसम्म भुटानको राजधानी थिम्पुमा आयोजना हुने ईसिमोडको बोर्ड अफ गभर्नरको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।

https://drive.google.com/file/d/1TlIkmi875ZKM5ZwaNvUx7aHje_Ra29sv/view

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै