सभामुख सहित प्रमुख सचेतकहरू स्वीट्जरल्याण्ड भ्रमणमा जादै – Nepalboli

सभामुख सहित प्रमुख सचेतकहरू स्वीट्जरल्याण्ड भ्रमणमा जादै

   २०८० चैत्र ७, बुधबार  

प्रतिनिधि सभा बैठक १० दिनका लागी स्थगीत
प्रतिनिधि सभाका सभामुख देवराज घिमेरे सहित दलहरुका प्रमुख सचेतकहरु विहिवार स्वीट्जरल्याण्ड भ्रमणमा जाने भएका छन ।  भ्रमणकै लागी वुधवारको प्रतिनिधीसभा बैठक पछि संसद बैठक १० दिनका लागि स्थगित गरिएको छ । सभामुखसहित दलका प्रमुख सचेतकहरू अन्तरव्यवस्थापिका संघ (आइपियू) को बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड जाने लागेको संसद सचिवालयले जनाएको छ ।

भ्रमणमा टोलीमा सभामुख देवराज घिमिरेसँगै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय सभा सांसद गंगा बेलबासे सहभागी रह्ने छन ।

यस्तै, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रवक्ता एकराम गिरी, संसदको अन्तर्राष्ट्रिय शाखाका प्रदिप गुरागाईं र सभामुख घिमिरेका स्वकीय सचिव तेज प्रकाश भट्टराई पनि भ्रमण टोलीमा रह्ने छन ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख सहितको टोली बिहीबार आइपियूमा गएर चैत १६ गते फर्किने कार्यक्रम छ। सभामखुसहित प्रमुख दलका प्रमुख सचेतकहरू पनि स्वीट्जरल्याण्ड जाने भएपछि संसद बैठक चैत १८ गतेसम्मका लागि स्थगित भएको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै