आठ महिनामा व्यापार घाटा ९ खर्ब भन्दा बढी – Nepalboli

आठ महिनामा व्यापार घाटा ९ खर्ब भन्दा बढी

   २०८० चैत्र ७, बुधबार  

चालु आर्थिक वर्षको आठ महिनामा नेपालले ९ खर्ब बढीको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले चालु आवको आठ महिनामा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको हो ।

समीक्षा अवधिमा नेपालले २ दशमलव ६६ प्रतिशतको वस्तु आयात गरेको छ भने ३ दशमलव ९९ प्रतिशतको निर्यात गरेको छ । सो तथ्यांक हेर्दा नेपालले निर्यातमा केही सकारात्मक प्रदर्शन गरेको छ ।

अघिल्लो महिना माघ अन्तिमसम्म नेपालको वैदेशिक व्यापार घाटा १ दशमलव ७७ प्रतिशत रहेको थियो भने फागुन अन्तिमसम्म २ दशमलव ५२ को विन्दुमा पुगेको छ । गत आवको सोही अवधिमा पनि नेपालले ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै