राष्ट्रपति पौडेल पूर्णाहुति पूजामा सहभागी – Nepalboli

राष्ट्रपति पौडेल पूर्णाहुति पूजामा सहभागी

   २०८० चैत्र ५, सोमबार  

राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यको मूल छत्र–गजुर जीर्णोद्धार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधि अनुसार शुभसाइत गरिने पूर्णाहुति पूजामा सहभागी हुनुभएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आयोजनामा गरेको सो पूजापछि मूल छत्र जीर्णोद्धारमा सहयोग गर्ने १० जनलाई राष्ट्रपति पौडेलले प्रशंसापत्र समेत वितरण गर्नुभयो ।

महाचैत्यको मूल छत्रमा २०७९ को हावाहुरीका कारण क्षति पुगेको थियो । यसैबिच राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलका साथमा स्वयम्भू क्षेत्रमा रहेको हारती माताको समेत पूजा गर्नुभएको थियो ।

राष्ट्रपति पौडेल पूर्णहुती पूजामा सहभागी राष्ट्रपति पौडेल पूर्णहुती पूजामा सहभागी राष्ट्रपति पौडेल पूर्णहुती पूजामा सहभागी राष्ट्रपति पौडेल पूर्णहुती पूजामा सहभागी

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै