भारतीय सिमा-नाकाबाट भाग्न लाग्दा माओवादी उपाध्यक्ष महरा प्रहरी फन्दामा
सोमवार विहान पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पुर्वसभामुख कृष्णबहादुर महरा नेपाल भारत सिमा वाट पक्राउ परेका हुन । महरा सोमवार विहान कपिलवस्तू वाट भारत तर्फ जान लाग्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएका हुन । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि तनावमा परेका पूर्वसभामुखसमेत तथा माओवादी केन्द्रका उपाध्यक्ष महरालाई आइतबार साझ काठमाडौ छाडेका थिए ।
महराले आफूले प्रयोग गर्ने स्कर्पियो छाडेर एक निजी गाडी मगाएर आइतवार साझ काठमाडौ वाट बाहिरिएका थिए । २ जना सहयोगी लिएर महरा निजी गाडीमा नागढुङ्गाको बाटोबाट काठमाडौं बाहिरिए । प्रहरीले लोकेशन ट्रयाक गर्ने आकंलन सहित महराले पहिला प्रयोग गर्दै आएको मोबाइल पहिल्यै अफ गरिसकेका थिए ।
रातभर गाडीमै यात्रा गरेका महरा सोमबार बिहान कपिलवस्तु पुगे । मायादेवी १ पकडी पुगेर उनी एक सहयोगीमार्फत चिनेजानेको एक घरमा आराम गर्न बसे । त्यो घर थियो, स्थानीय वकिल मुसलमानको । बिहान ९ बजे महरा बसेको घरमा खाना तयार हुँदै थियो ।
उनी भने अलिगढवा नाकाबाट भारत भाग्न हतारमा थिए । उनलाई लागेको थियो, “जति अबेर गरिन्छ, प्रहरीको फन्दामा पर्ने उत्तिकै खतरा बढी हुन्छ ।”
यसैले बिहानको भातै नखाइ अलिगढवा नाकातिर हुइँकिए, उही रातो पजेरोमा । उनी आएको गाडी प्रहरीले पहिल्यै निगरानी गरेको रहेछ । नाका नजिक पुगेपछि महरा सवार गाडी रोक्न प्रहरी चौकीले ब्यारिगेड नै तेर्स्याएर राखेको थियो ।
प्रहरीले स्रोतले भन्यो, “तै पनि महराको गाडी ब्यारिगेड छलेर भाग्यो । केही पर पुगेपछि प्रहरीले गाडीले घेरा हालेर गाडी नियन्त्रणमा लियो । त्यसपछि उहाँ पक्राउ पर्नुभयो ।”