धनगढीमा छिमेकीको कुटपिटबाट एक पुरूषको मृत्यु – Nepalboli

धनगढीमा छिमेकीको कुटपिटबाट एक पुरूषको मृत्यु

   २०८० फाल्गुन २८, सोमबार  

धनगढीमा छिमेकीको कुटपिटबाट एक पुरूषको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका ८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।

छिमेकी मिनबहादुर चौधरी दम्पतीसहित केहि व्यक्तिहरुको समूह सोमबार राति रानाको घरमा प्रवेश गरी कुटपिट गरेका थिए ।

गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको निरीक्षक बमले बताए । घटनामा संलग्न रहेको आरोपमा चौधरीकी श्रीमती २९ वर्षीया पुनम चौधरी, छोरी र अन्य दुई जना गरी पाँच जना पक्राउ परेका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै