पशु चिकित्सकको लाइसेन्सिङ परीक्षामा १६८ जना उत्तीर्ण – Nepalboli

पशु चिकित्सकको लाइसेन्सिङ परीक्षामा १६८ जना उत्तीर्ण

   २०८० फाल्गुन २८, सोमबार  

पशु चिकित्सकको लाइसेन्सिङ परीक्षा १६८ जना उत्तीर्ण भएका छन् । नेपाल पशु चिकित्सा परिषद्ले लिएको सो परीक्षामा २१२ जनामध्ये १६८ जना उत्तीर्ण भएका हुन् । १९ औं लाइसेन्सिङ परीक्षा दिएका जम्मा ५३ जिल्लाका २१२ जना परीक्षार्थीमध्ये ४९ जिल्लाका १६८ जना उत्तीर्ण भएको पशु चिकित्सा परिषद्ले जनाएको छ ।

देशभर ४ वटा क्याम्पसबाट पशु चिकित्सा विषय अध्ययन हुने गरेको छ । परिषद्मा वार्षिक करिब २ सय जना पशु चिकित्सकले लाइसेन्सिङ परीक्षा उत्तीर्ण गर्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै