राजेन्द्र महतोद्धारा पश्चिमका जिल्लाहरुमा मंगलवार देखि प्रशिक्षण कार्यक्रम गरिदै – Nepalboli

राजेन्द्र महतोद्धारा पश्चिमका जिल्लाहरुमा मंगलवार देखि प्रशिक्षण कार्यक्रम गरिदै

   २०८० फाल्गुन २८, सोमबार  

लोसपा परित्याग गरेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुुरु गरेका नेता राजेन्द्र महतोल मंगलवार देखि पश्चिमका जिल्लाहरुमा प्रशिक्षण कार्यक्रम राखेका छन । यस अघि पर्सा देखि झापा सम्म प्रशिक्षण कार्यक्रम गरिसकेका महतोले मंगलवार मकवानपुर वाट पश्चिमका कन्चनपुर सम्मको कार्यक्रम सुुरु गर्दै छन । मंगलवार मकवानपुरका हेटौडामा प्रशिक्षण कार्यक्रम गरे पछि चितवन, नवलपरासी हुदै कन्चनपुर सम्म यो कार्यक्रम लिएर महतो आफै जादैछन ।

पुर्वको प्रशिक्षण कार्यकम गरेर काठमाडौमा समेत केहि दिन अघि महतो नेतृत्वको यो अभियानले प्रशिक्षण कार्यक्रम राखेका थिए । राष्ट्रिय मुक्ति क्रान्ति अभियानको व्यानरमा महतोले गएको १६ फागुनमा काठमाडौमा प्रर्दशन समेत गरेका थिए । महताले गएको शनिवार मात्रै जनकपुरमा समेत शक्क्रि प्रर्दशन गर्दै अन्तक्रिया कार्यकम गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै