माओवादीले नारायण दाहाललाई गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने – Nepalboli

माओवादीले नारायण दाहाललाई गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने

   २०८० फाल्गुन २७, आईतवार  

सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नारायण दाहाल उम्मेद्वार बन्नुहुने भएको छ । आइतबार बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले सत्ता गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवारका रुपमा नारायण दाहाल उम्मेदवार बन्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका सचिव चक्रपाणि खनालले पदाधिकारी बैठकले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको बताउनुभयो । उहाँकाअनुसार बैठकमा झक्कु सुवेदी, उर्मिला अर्याल लगायतको नाम पनि चर्चा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाको अध्यक्षको सन्दर्भमा व्यापक रुपले छलफल भयो । पदाधिकारी बैठकको निर्णय भनेको नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय भयो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन ३० गते विश्वासको मत लिने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै