Page 151 – Nepalboli

भारतबाट थप चार सय छ मेगावाट विद्युुत् आयात

छिमेकी मुलुक भारतबाट नेपालमा थप ४०६ मेगावट विद्युुत् आउन थालेको छ । भारतले थप चार घण्टा विद्युत् दिने सहमति गरेसँगै ४०६ मेगावाट विद्युुत् आउन थालेको नेपाल विद्युुत् प्राधिकरणले जानकारी दिएको छ । यससँगै अहिले बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै आयात हुने गरेकोमा अब राति ११ बजेदेखि बिहान ४ बजेसम्म पनि विद्युत् उपलब्ध हुुने प्राधिकरणले जानकारी दिएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले शुक्रबारदेखि १६ घण्टासम्म आयात गर्न पाउने भएको हो ।

प्राधिकरणका प्रवक्ता राजभाई शिल्पकारले बिहीबार राति १२ बजेदेखि नै भारतबाट विद्युुत् आउन सुरु गरेको जानकारी दिनुुभयो । राति १२ बजेदेखि बिहान ४ बजेसम्म बिजुुली आएको उहाँले बताउनुभयो । थप ४०६ मेगावाट विद्युुत्को आयातसँगै उद्योग क्षेत्रमा आपूर्ति व्यस्था सहज हुने उहाँले जानकारी दिनुुभयो । आयातित विद्युत् ढल्केबर–मुजप्फरपुर प्रसारण लाइनबाट ल्याइने छ ।

भारतले चार सय केभी ढल्केबर–मुजप्फरपुरबाट छ सय र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिएको छ । प्राधिकरणले हिउँदमा बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गर्दै आएको छ । गत मङ्सिरमा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले चैत २ सम्म दिनको २० घण्टा र चैत ३ देखि आगामी असार १६ सम्म सोलार आवर ९बिहान ६ देखि साँझ ६ बजेसम्म० मात्रै आयात गर्ने अनुमति दिएको थियो । चैत ३ यता प्राधिकरणले दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको छ ।

इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत नेपालले बिजुली खरिद गर्दै आएको छ । यस अनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । आइएक्सबाट हालसम्म दिउँसो साढे पाँच सय मेगावाटसम्म आयात हुँदै आएको छ । नेपाल–भारत विद्युत् आदानप्रदान समितिबाट पनि नेपालले बिजुली आयात गर्दै आएको छ  । पिइसीमार्फत ३५० मेगावाट आयात गर्न पाइने भए पनि नेपालले दुई सय मेगावाट मात्र ल्याउने गरेको छ । हाल भारतले आगामी जुन ३० सम्मका लागि इन्डियन इनर्जी एक्सचेन्जबाट सोलार आवरमा एक हजार चार मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो ।

भारतले गत १५ मार्चदेखि सन् आवर अर्थात् बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै नेपाललाई विद्युत् उपलब्ध गराउने गरी यसअघि स्वीकृति दिएको थियो । अगामी १ अप्रिलदेखि अब राति ११ देखि बिहान ४ बजेसम्म छ सय मेगावाट विद्युत् आयात गर्न पाइने भएको हो ।

रातको समयमा विद्युत् आयात गर्न पाउँदा त्यस अवधिमा पिकिङ रन अफ दी रिभर आयोजनाहरू बन्द गरी पानी जम्मा गर्न सकिने र त्यस्तो विद्युत् पिक आवरमा उत्पादन गर्न सकिने छ ।

उद्योगीका अनुसार औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म लोडसेडिङले औद्योगिक उत्पादनमा ५० प्रतिशतले कमी आएको छ । थप बिजुुली आएसँगै औद्योगिक क्षेत्रमा आपूूर्तिमा सहज हुने छ । सिमेन्ट उत्पादक सङ्घ, स्टिल उत्पादक र धागो उत्पादक सङ्घले हालै पत्रकार सम्मेलन गरेर लामो लोडसेडिङका कारण औद्योगिक क्षेत्रमा ठुुलो असर परेको बताएका थिए । भारतबाट थप बिजुली आयात भएसँगै औद्योगिक क्षेत्रका लागि बिजुली आपूर्ति सुनिश्चित भएको भन्दै सिमेन्ट उत्पादक सङ्घले सरकारको पछिल्लो निर्णयलाई स्वागत गरेको छ ।

 

 

 

म्यानमारमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघ्यो

म्यानमारको सागिङ सहरमा केन्द्रविन्दु भई म्यानमार र थाइल्यान्डमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार एक हजारभन्दा बढी पुगेको छ भने खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । मध्य म्यानमारको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७।७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६।७ म्याग्निच्युडको पराकम्प आएको थियो ।

भूकम्पले म्यानमारमा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति पुगेको थियो । म्यानमारमा कम्तीमा एक हजार दुई जनाको मृत्यु भएको र करिब दुई हजार चार सय जना घाइते भएको म्यानमार सरकारले विज्ञप्तिमा जनाएको छ । उक्त भूकम्पको कारण बैङ्ककमा थप १० जनाको मृत्यु भएको र कम्तीमा १०० जना हराइरहेको पुष्टि भएको छ ।

भूकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध भएपछि, प्रकोपको वास्तविक तथ्याङ्क सरकारले सार्वजनिक गरिरहेको छ भने मृतकको सङ्ख्या अझै बढ्ने आशङ्का गरिएको छ ।

विमानस्थल तथा सडकहरु बन्द रहेकाले राहत तथा उद्धार सामग्री पुरयाउने काममा समेत समस्या भइरहेको जनाइएको छ ।

 

दाङका ८३ सामुदायिक वन डढेलोको जोखिममा

दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन् । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । पछिल्ला वर्षमा दाङका विभिन्न ठाउँमा डढेलो लाग्दा वन क्षेत्रमा ठूलो क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ । यहाँका वनमा आगो लाग्न सुरु भएको छ । लामो खडेरीले पातपतिङ्गर सुक्दा तथा हावाहुरीका कारण वन क्षेत्रमा अहिले आगलागीका घटना बढ्न थालेका छन् । कार्यालयका अनुसार गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । घोराही उपमहानगरपालिकाको वडा नं ३ र ५ का वन क्षेत्र तथा लमही नगरपालिकाको वडा नम्बर ६ को वन क्षेत्रमा डढेलो लागेको छ ।

जिल्लामा शून्य वन डढेलो अभियान चलाएर सामुदायिक वन उपभोक्ता समूहलाई सक्रिय बनाइए पनि विगत वर्ष जस्तै यस वर्ष पनि राष्ट्रिय तथा सामुदायिक वनमा आगलागीका घटना सुरु भएका छन् । डिभिजन वन कार्यालयका अनुसार यस वर्षको वसन्त ऋतुमा अत्यधिक गर्मी र सुक्खा मौसमका कारण वन डढेलोका घटना तीव्र रूपमा वृद्धि भएका निमित्त डिभिजनल वन अधिकृत मदनप्रसाद ढुङ्गानाले बताए।

डढेलोको उच्च जोखिम रहेका क्षेत्रमा जिल्लाको बबई, दङ्गीशरण, घोराहीका वडा नं २, ३ र ५, राप्ती नदी आसपासका वन, बङ्गलाचुलीको ८ नम्बर वडा, गढवा गाउँपालिकाको सालको वनमा समेत वन डढेलोको जोखिम रहेको ढुङ्गानाले बताए ।

डढेलो नियन्त्रणका लागि स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षा निकाय तथा स्वयंसेवक सक्रिय रहे पनि मानवीय लापरबाहीका कारण वनमा आगलागी बढेको उनले बताए । जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, सामुदायिक वन समूह, उपभोक्ता समूह, डढेलो नियन्त्रण दस्तासँग डढेलो रोकथामका लागि समन्वयात्मक योजना पनि बनाउने गरिएका पनि वनमा आगलागी भइहालेमा नियन्त्रणका लागि पर्याप्त सामग्री नहुँदा समस्या हुने गरेको छ ।

डढेलो नियन्त्रणका लागि प्रचारप्रसारका कार्यक्रम, जोखिम क्षेत्रका विद्यालयमा पुगेर स्कूल शिक्षा, अग्निरेखा निर्माण र मर्मतलगायत कार्यक्रम नियमित जसो भइरहे पनि वन डढेलो नियन्त्रणमा सधैँ चुनौती हुने गरेको डिभिजन वन कार्यालयका वन अधिकृत टेकन आचार्यले बताए ।

उनले भने, “डढेलोले हुने क्षतिका बारेमा चेतनामूलक कार्यक्रम गर्दै आएका छौँ ।” वनमा च्याउ, जडीबुटी र अन्य पालुवा उमार्नुपर्ने तथा वनमा डढेलो लगाउनेको पहिचान गरी कारबाही गर्नुपर्ने उनको भनाइ छ । वन क्षेत्रमा आगो लगाउँदा घाँसपातका पालुवा चाँडै पलाउने र वर्षायाममा जङ्गली च्याउ उत्पादनमा वृद्धि हुने गलत सोचाइ राखेर स्थानीयले वनमा डढेलो लगाउने गर्दा यो समस्या धेरैजसो हुने गरेको आचार्यको भनाइ छ ।

राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणा पक्राउ

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । केहीबेरअघि उनी राजधानीको ग्वार्को क्षेत्रबाट पक्राउ परेको राप्रपाका प्रवक्ता सगुन लावतीले पुष्टि गरेका छन् ।

आज राजतन्त्र पुनर्स्थापनाको लागि भएको आन्दोलन हिंसात्मक बनेको थियो ।  यस्तै सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको छ ।

 

सीमा व्यवस्थापन सम्बन्धी नेपाल- भारतको संयुक्त कार्यदलको १३ औं बैठक पोखरा सम्पन्न

सीमा व्यवस्थापन (बीएम) सम्बन्धी भारत-नेपाल संयुक्त कार्यदल (जेडब्लुजी) को १३ औं बैठक हिजो विहिवार र आज शुक्रवार गरि दुुई दिन सम्म पोखरामा बसेको छ । बैठकमा भारतीय प्रतिनिधीमण्डलको नेतृत्व भारत सरकारको गृह मन्त्रालयका सहसमचव मिहिर कुमार र नेपाली प्रतिनिधीमण्डलको नेतृत्व नेपाल सरकारको गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गर्नु भएको थियो ।

बैठकमा दुवै पक्ष ले यस अघिको २०७९ असार १-२ गते नयााँ दिल्लीमा भएको बैठकको निर्णयहरुको समीक्षा गर्दै सीमा सतम्भहरूको मर्मत तथा सम्भारबारेमा छलफल गरेका थिए । उनीहरूले सीमापार हुने आपराधिक गतिविमधहरू, सीमा पुर्वाधारहरु विशेष गरी एकीकृत जााँच चौकी, सडक र रेलवे सन्जालको सु ढृढिकरण तथा विभिन्न सुरक्षा सम्बन्धी संस्थाहरू को सशक्तिकरण र क्षमता निर्माण र विपद् जोखिम तथा न्युनीकरण र सृडृडीकरण विषयको सहकाययलाई सुदृढ पार्ने तरिकाहरू सम्बन्धी विषय हरूमा पनि छलफल भएको छ ।

दुवै पक्ष ले सीमा व्यवस्थापन सम्बन्धी संयुक्त काययदलको बैठकहरू नियममत रूपमा आयोजना गर्ने कुरामा सहममती जनाएका छन । भारतीय प्रतिमनमधमण्डलले अर्को वर्ष भारतमा आयोजना हुने सीमा व्यवस्थापन सम्बन्धी अर्को पटकको संयुक्त काययदलको बैठकको लागि नेपाली प्रतिमण्मण्डललाई निमन्त्रण समेत गरेको छ ।

नेपालीका लागि राजतन्त्र किमार्थ विकल्प हुन सक्दैन- कांग्रेस

नेपाली कांग्रेसका महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले तीनकुनेमा भएको हिंसात्मक घट्नाको निन्दा गरेका छन् । उनीहरुले तोडफोड, हिंसा र अराजकताको निन्दा गर्दै शान्ति र संविधानकै मार्गबाट अघि बढ्नपनि अपिल गरेका छन् ।

महामन्त्रीद्धयले आज साँझ एक विज्ञप्ती जारी गर्दै लोकतन्त्रको विकल्प अझ समुन्नत लोकन्त्र भएको र कुनैपनि प्रकारको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन नसक्ने बताएका छन् ।

उनीहरुले सबै राजनैतिक दलहरुलाई त्यसमा स्पष्ट ढंगले उभिन अपिलसमेत गरेका छन् । उनीहरुले आजको हिंसात्मक घट्ना घटाउने र यसमा सामेल हुने व्यक्तिहरुलाई कडा कानूनी कारबाहीको दायरामा अविलम्ब ल्याउन पनि माग गरेका छन् ।

 

हिंसाप्रति एमालेको घोर भर्त्सना, संविधान रक्षा गर्ने दृढता

सत्तारुढ नेकपा (एमाले) ले शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसाको भर्त्सना गर्दै संविधान रक्षाका लागि दृढतापूर्वक उभिने जनाएको छ । पार्टीका महासचिव शंकर पोखरेलले शुक्रबार जारी गर्नु भएको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘‘आज पूर्व राजावादीहरुको अराजक समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा देखाएको उद्दण्डता, अराजकता र हिंसाको नेकपा ९एमाले० घोर भ्रत्र्सना गर्दछ । शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन् ।’’

नेकपा (एमाले) लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दछ भन्दै विज्ञप्तिमा भनिएको छ, ‘‘सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गर्दछ । आजका आपराधिक क्रियाकलापमा संलग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्दछ ।’’

तीनकुनेमा प्रतिगामी र निरङ्कुशतावादीको अराजकता देखियो- प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताको संज्ञा दिनुभएको छ। समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रबार काठमाडौँमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तीनकुने प्रतिगामी र निरङ्कुशतावादीको प्रतिकजस्तो बनेको टिप्पणी गर्नुभयो।

उहाँले घरमा आगो र प्रहरीमाथि समेत ढुङ्गा प्रहार गरेकोप्रति आपत्ति जनाउँदै एक–दुई मान्छे मारेर देशभर आतङ्क फैलाउन चाहेको आरोप लगाउनुभयो। उहाँले आतङ्क फैलाउनु राजावादीको चरित्र भएको तर्क गर्नुभयो।

उहाँले भन्नुभयो, ‘कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गाको बाङ्गै भनेजस्तै अहिले त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठ भएको छ। सबै प्रतिगामी, निरङ्कुशतावादीको एउटा प्रतिक जस्तो बनेर देखिएको छ। त्यहाँ घरमा आगो लगाएका छन् मण्डलेहरूले, त्यहाँ पुलिसमाथि ढुङ्गा प्रहार गरे। देशभर आतङ्क फैलियोस् भन्ने चाहेका छन् त्यो राजावादीको चरित्र हो।’

इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगर्न उहाँको चुनौती छ।

मानवअधिकार आयोगद्धारा हिंसात्मक गतिविधि बन्द गर्न आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले समाजवादी मोर्चामा संलग्न ४ राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले शुक्रबार उपत्यकामा गरेको प्रदर्शन र आमसभाको अनुगमन गरेको छ । विभिन्न चारवटा उच्चस्तरीय टोलीहरु बनाई अयोगले अनुगमन गरेको हो । अनुगमनका क्रममा काठमाडौँको तीनकुनेमा राजतन्त्र समर्थकहरुद्वारा भएको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको अनुगमनबाट पाइएको आयोगले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रदर्शनकारीहरु तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँवानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मी बिच झडप भएको आयोगको भनाइ छ ।प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

झडपमा परी प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । प्रदर्शनकारीले तीनकुने क्षेत्रमा सञ्चारमाध्यमका भवन, कलेजका भवन, तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नुका साथै आगो निभाउन हिँडेको दमकल तथा सशस्त्र प्रहरीको गाडीमा समेत ढुंगा प्रहार गरेको अनुगमनका क्रममा पाइएको आयोगको भनाइ छ ।

यस्तै राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोलीमाथि समेत प्रदर्शनकारीहरुबाट कोटेश्वरमा सांघातिक आक्रमण भएको छ । आक्रमणबाट अनुगमन टोलीमा संलग्न कर्मचारी घाइते भएका छन् ।

प्रहरीले भीड नियन्त्रण गर्न पानीका फोहराको प्रयोग र हवाइ फायर गरेको तथा व्यक्तिको निजी आवास समेत प्रयोग गरी अश्रुग्याँस प्रहार गरेको देखिएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी समाजवादी मोर्चाले भृकुटीमण्डपमा सडकमा मञ्च बनाउँदा आवागमनमा बाधा परेको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

‘शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको विषय भए तापनि आफ्नो अधिकारकोे प्रयोग गर्दा अरुको अधिकारमा असर पार्नु मानव अधिकारको मूल्यमान्यता विपरीत हुन जान्छ । कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरुको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न सकिँदैनु, आयोगको विज्ञप्तिमा भनिएको छ- अतः यस प्रकारका हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कारवाही गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । साथै, आगामी दिनमा आफ्ना प्रदर्शन र कार्यक्रमहरुलाई शान्तिपूर्ण बनाउन, आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारमा पर्नजाने असरप्रति संवेदनशील हुन आयोग आन्दोलनरत पक्षलाई पुनः आग्रह गर्दछ ।

 

 

 

 

 

 

 

१५२ जना विद्यार्थी र शिक्षकलाई काठमाडौं महानगरपालिकाले पुर्‍यायो गन्तव्यमा

माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट फर्कन समस्या भएका १५२ जना शिक्षक र विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पुर्‍याएको छ। परीक्षा दिएर घर फर्कन सवारी साधन अभाव भएमा खबर गर्न महानगरपालिकाले सार्वजनिक आव्हान गरेको थियो । त्यसअनुसार महानगर प्रहरी बलले चारवटा क्षेत्र (बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकु) मार्फत उद्दार गरी विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित रूपमा गन्तव्य सम्म पुर्‍याएको हो ।

आज काठमाडौंमा गणतन्त्रवादी र राजावादी समूहको प्रदर्शन भइरहेकाले बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको थियो । त्यसैकारण कतिपय विद्यार्थीहरू परीक्षापछि घर फर्कन नसक्ने अवस्थामा पुगेका थिए ।