१५२ जना विद्यार्थी र शिक्षकलाई काठमाडौं महानगरपालिकाले पुर्‍यायो गन्तव्यमा – Nepalboli

१५२ जना विद्यार्थी र शिक्षकलाई काठमाडौं महानगरपालिकाले पुर्‍यायो गन्तव्यमा

   २०८१ चैत्र १५, शुक्रबार  

माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट फर्कन समस्या भएका १५२ जना शिक्षक र विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पुर्‍याएको छ। परीक्षा दिएर घर फर्कन सवारी साधन अभाव भएमा खबर गर्न महानगरपालिकाले सार्वजनिक आव्हान गरेको थियो । त्यसअनुसार महानगर प्रहरी बलले चारवटा क्षेत्र (बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकु) मार्फत उद्दार गरी विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित रूपमा गन्तव्य सम्म पुर्‍याएको हो ।

आज काठमाडौंमा गणतन्त्रवादी र राजावादी समूहको प्रदर्शन भइरहेकाले बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको थियो । त्यसैकारण कतिपय विद्यार्थीहरू परीक्षापछि घर फर्कन नसक्ने अवस्थामा पुगेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै