राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणा पक्राउ – Nepalboli

राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणा पक्राउ

   २०८१ चैत्र १५, शुक्रबार  

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । केहीबेरअघि उनी राजधानीको ग्वार्को क्षेत्रबाट पक्राउ परेको राप्रपाका प्रवक्ता सगुन लावतीले पुष्टि गरेका छन् ।

आज राजतन्त्र पुनर्स्थापनाको लागि भएको आन्दोलन हिंसात्मक बनेको थियो ।  यस्तै सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै