Page 138 – Nepalboli

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका हुन्। विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि एमालेबाट पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन्।

 

 

 

उखुको रस बेचेर मासिक ९० हजार आम्दानी

इटहरी उपमहानगरपालिका–६ का सरोज गौतमले ११ वर्षदेखि उखुको जुस बनाउने व्यापार गर्दै आएका छन् । उनको गर्मी मौसममा मासिक रु ९० हजारसम्म आम्दानी हुने गरेको छ । बढिरहेको चर्को गर्मी अनि सडक छेउमा राखिएको उखु जुसको कक्ष ९स्टल० त्यस स्टलभित्र राखिएको प्रेस उपकरण, त्यही उपकरणले पेलेर दिएको मिठो जुस यात्रीका लागि शीतलता दिनुका साथै व्यापारीको आम्दानी पनि बढाएको छ ।

गौतम सात वर्ष मलेसियामा सुरक्षा गार्डका रूपमा काम गरेर स्वदेश फर्केपछि इटहरी घर नजिकै एउटा गल्लीमा उखुको जुस बनाउने व्यापार सुरु गरे । उनले ११ वर्षदेखि यही पेसा गर्दै आएको भन्दै गर्मी समयमा मासिक रु ९० हजारसम्म आम्दानी हुने जानकारी दिए । उनका अनुसार सबै खर्च कटाएर मासिक रु ४० हजार बचत हुने गरेको छ ।

गौतमले भने, ‘उखुको जुस बेचेर छोराछोरी पढाउनुका साथै सबै घरखर्च पुगेको छ । विदेशमा तातो घाममा दुःख गर्नुभन्दा स्वदेशमै सानै भए पनि आफ्नो व्यवसाय सञ्चालन गर्नु उपयुक्त हुन्छ।’

सुरुमा टेम्पो चलाए पनि आम्दानी नभएपछि रु ७० हजारमा जुस बनाउने उपकरण किनेर व्यवसाय सुरु गरेको उनको भनाइ छ । ‘जुस बनाउने उखु सहजै उपलब्ध हुन्छ, समस्या छैन । आफैँले बराहक्षेत्रमा करिब एक बिघा जग्गा भाडामा लिएर उखुखेती गरेको छु । अपुग भएमा अन्य किसानसँग किन्ने गर्दछु’, उनले भने ।

उखुको जुस स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि उपयुक्त हुने इटहरीका अस्मिता श्रेष्ठले बताए । ‘गर्मीमा बाहिर पसलमा राखिएका तयारी जुस पिउनुभन्दा यहाँको ताजा र स्वादिलो जुस पिउँदा स्वास्थ्यका लागि पनि लाभदायी हुन्छ’, उनले भने ।

गौतमजस्तै धरान उपमहानगरपालिका–५ का दीपक श्रेष्ठ १० वर्ष कतार र चार वर्ष इरानमा काम गरेर स्वदेश फर्किए । उनले अहिले धरानका गल्लीगल्लीमा आफ्नो व्यवसायलाई विस्तार गर्नुभएको छ । यही पेसाबाट जीविकोपार्जन भइरहेको उनले बताए ।

‘सुरुमा धेरै चुनौती र समस्याहरु भए पनि अहिले यो व्यवसायले सन्तुष्टि दिएको छ । अहिले मसँग सामूहिक रूपमा काम गर्ने दुई जना साथी पनि जोडिएका छन् । हामीले सामूहिक रूपमा धरान, इटहरीलगायत विभिन्न ठाउँमा उखुको जुसको कक्ष राखेका छौँ’, क्षेष्ठले भने ।

सानो लगानी भए पनि जुसका लागि उखु खरिद, उपकरण, बजारको प्रतिस्पर्धी वातावरणसँग जुध्नुपर्ने भएकाले सुरुवातमा चुनौतीपूर्ण रहेको उनले सुनाए । उनले भने, ‘सुरुमा ग्राहक आउनुहुँदैनथ्यो । गल्लीहरू र घरघरमा गएर जुस खाइदिनुपर्‍यो भन्दै बेचेर हिँड्यौँ । अहिले भने ग्राहकले फोन गरेर जुसको कक्ष खोज्दै आउनुहुन्छ।’

श्रष्ठको स्टलमा १० वर्षदेखि एक जनाले रोजगारी समेत पाएका छन् । झापामा तीन बिघा जग्गामा उखुखेती गरेको बताउँदै उनले खेतीमा सहजीकरण गर्न थप दुई जनालाई रोजगारी दिएको जानकारी दिए ।

‘आफ्नो व्यवसायसँगै अरुलाई रोजगार दिन सक्दा गर्व महसुस हुन्छ । सानो लगानीबाट सुरु गरेको व्यवसायबाट अहिले मनग्ये आम्दानी भइरहेको छ । व्यापार सधैँ एकनासको हुँदैन तर सन्तोषजनक छ । सबै कर्मचारीलाई तलब, छोराछोरी पढाउने, घर खर्च पुगेर रु ७० हजार बचत हुन्छ’, उनले भने ।

श्रेष्ठले आफ्नो जुस व्यवसायलाई व्यापारका रूपमा मात्र नलिएर स्वास्थ्य र वातावरणका लागि प्रभावकारी विकल्पका रूपमा लिएको बताए । ‘तयारी जुसमा स्वास्थ्यलाई असर गर्ने अनावश्यक केमिकलहरू हुन्छन् । हामीले बनाउँदा उखु, बिरे नुन, पुदिना, कागती र घरमा बनाइएका बरफ प्रयोग गर्छौं । जुस प्रतिगिलास रु ५० मा बिक्री हुन्छ’, उनले भने ।

जाडो मौसममा अरुको घरमा काम गरे पनि गर्मीको समयमा उखुको जुसको व्यवसायले जीविकोपार्जन हुने गरेको इटहरी–२० का अमिर खड्काले बताए । उनले भने, ‘जाडो मौसममा अरुको ज्यालामजदुरी गरे पनि माघ अन्तिमदेखि भदौसम्म जुसको व्यवसाय गर्दै आएको छु।’ उनका अनुसार माघदेखि भदौसम्म मासिक रूपमा रु ६० देखि रु ७० हजारसम्म आम्दानी हुन्छ।

गर्मीको समय सुरु भएसँगै धरान, इटहरीलगायत बजार क्षेत्रमा उखुको जुस बिक्री गर्ने सयौँ व्यवसायी छन् । कम लगानीमा मनग्ये आम्दानी हुने भएकाले यो व्यवसायप्रति धेरैको आकर्षण बढ्दै गएको हो।

 

सर्वसाधारणलाई कुटपिट गर्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा

सर्वसाधारणलाई बाटोमा निर्घात कुटपिट गरेको घटना सार्वजनिक भए लगत्तै प्रहरीले चार जना ट्राफिक प्रहरीलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार कुटपिट तथा दुर्व्यवहारमा संलग्न चार जना ट्राफिक प्रहरीलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बोलाइएको छ । उनीहरुमाथि आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको प्रवक्ता गिरीको भनाइ छ ।

प्रवक्ता गिरीका अनुसार ती व्यक्तिमाथि काठमाडौँको सुन्धारास्थित आकाशे पुलमुनि कुटपिट भएको थियो । यो घटना गत मंसिर ११ गतेको भएको प्रवक्ता गिरीले जानकारीदिनुभयो ।

ट्राफिक प्रहरीले एक जना व्यक्तिलाई कुटपिट गरेको भिडियो बिहीबार सामाजिक सञ्जालमा चर्चामा थियो । सामाजिक सञ्जाल प्रयोगकर्ता धेरैले कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि कारबाहीको माग गरेका छन् । भिडियोमा ट्राफिक प्रहरीले बुटले अनुहारमा हान्दै कागजपत्र फालेर दुर्व्यवहार गरेको देखिन्छ ।

 

हिउँदमै ‘गुइँठा’को जोहो, बर्खालाई सजिलो

महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी क्षेत्रमा खाना पकाउन ग्यास चुल्होको प्रयोग बढ्दै गए पनि ग्रामीण भेगमा अझै ‘गुइँठा’ कै भर पर्ने गृहिणी बर्खायामका लागि भन्दै यसको जोहो गर्न लागेका हुन्।

बर्खाको समय सुरु हुन केही महिना बाँकी छ तर यहाँ भने अहिलेदेखि नै गुइँठाको व्यवस्थापन गर्ने गरिनछ । हिउँदभरि सडक किनार र चरन क्षेत्रका चउर चाहर्दै गोबर सङ्कलन गर्नु यहाँका ग्रामीण महिलाको नियमित तालिका नै हो।

गाईवस्तु पाल्नेले आफ्नै गोठको र नपाल्नेले चरन क्षेत्रबाट बटुलेर ल्याएको गोबरबाट खाना पकाउने दाउरा प्रयोजनका लागि ‘गुइँठा’ बनाउँछन् । हिउँदमा बनाइएका ‘गुइँठा’ वैशाख लागेपछि बर्खाकालका लागि सुरक्षित साथ राख्ने यहाँको चलन हो । हाल यहाँ सो कार्य भइरहेको छ।

हिउँदमा गोबर पथारेर विभिन्न आकारका ‘गुइँठा’ बनाइन्छन् । यसबाट ‘चिपरी’ र ‘गोरहा’ बनाइन्छन् । घरका भित्तामा पथारेर सुकाइएर बनाइएका गोबरलाई ‘चिपरी’ भनिन्छन् । यसैगरी, गोबर पथारेर त्यसभित्र ससाना भिक्रा वा पराल राखी डोल्याएर सुकाइने ‘गोरहा’ र यी दुवैलाई दुवैलाई ‘गुइँठा’ भनिन्छ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन्। नगर क्षेत्रका भित्री बस्ती पनि ‘गुइँठा’ को प्रयोग भइरहेकै छ । बर्खाकालमा खेतबारीका झिक्राझिक्री भिजेर नबल्ने हुँदा गृहिणी त्यस समयका लागि अहिलेदेखि नै ‘गुइँठा’ बनाएर राख्छन्। ‘खाना त पकाउनै पर्छ, बर्खामा दाउरा कहाँ खोज्नु रु त्यसैले अहिले नै यिनलाई जोगाएर राख्नु परेको हो’ , भङ्गाहा नगरपालिका–४ रामनगरकी पानवती दनुवार भन्छिन्, “अहिले जोगाइएन भने झमझम पानी परेका बेला दुःख पाइन्छ।’

‘गुइँठा’ बनाउन पैसा खर्च गर्नु नपर्ने र एकपटक सल्काएपछि आगो ननिभ्ने हुँदा खाना पकाउने प्रयोजनका लागि गृहिणीको रोजाइमा पर्ने गरेको छ । अझ गरिब बस्तीमा त ग्यासचुल्हा र काठका दाउराको जोहो गर्न नसक्ने हुँदा ‘गुइँठा’ अनिवार्यजस्तै छ । त्यसैले यी बस्तीका गृहिणी कात्तिकदेखि चैतसम्म गोबर सङ्कलन गरेर ‘चिपरी’ र ‘गोरहा’ पथार्ने र तिनलाई राम्ररी सुकाउने इन्तजाम गर्छन्।

‘चिपरी’ घरगोठका भित्ताभरि पथारिन्छन् । सुक्दै गएपछि एक ठाउँमा थुपारिन्छ । ‘गोरहा’ भने पथारेर घाम लाग्ने ठाउँमा चाङ लगाएर सुकाइन्छ । यसरी वैशाख लागेपछि सुकेका ‘चिपरी’ र ‘गोरहा’ गोठको एकछेउ वा सानो छाप्रो बनाएर थन्क्याइन्छ । असारदेखि असोजसम्म त्यसको प्रयोग हुन्छ।

‘खाने चामल, पीठो त बनिबुतोबाट पाइएला तर दाउराको धेरै समस्या पर्छ’ , औरही नगरपालिका–७ भोइलटिम्कियाकी भुट्टी सदा मुसहर भन्छिन्, ‘त्यसैले अहिलेदेखि नै पराले झुप्रामै गुइँठा राख्नु परेको हो।’

‘गुइँठा’ बर्सायाममा सहजताका लागि मात्रै होइन, यसमा पाकेका खानेकुरा स्वादिला हुने भएकाले पनि ग्रामीण बस्तीका साना किसान र कतिपय मध्यमवर्गीय परिवारको पनि रोजाइमा पर्ने गरेको छ । गौशाला–६ जमुनियाँकी रामपरी थारू इन्धनका लागि अन्य साधनको जोहो गर्न नसक्ने आर्थिक रूपमा विपन्नहरूका लागि गुइँठाले निकै राहत दिने गरेको बताउँछिन्।

बर्दिबास नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य निरीक्षक सुरेश पासवान ‘गुइँठा’ मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थ्यकर पनि हुने भएकाले यो धेरैको रोजाइमा पर्ने गरेको बताउँछन्।

यद्यपि यसको धुवाँ खाना पकाउने गृहिणीको स्वास्थ्यमा अत्यन्त प्रतिकूल हुनेहुँदा विशेष सतर्कता भने आवश्यक रहेको उनको भनाइ छ । “खासगरी ग्रामीण महिलामा श्वासप्रश्वासको समस्या धेरैजसो भान्साघरको धुवाँबाटै हुने गरेको पाइन्छ । आर्थिक अवस्थाले वैकल्पिक इन्धनको जोहो गर्न नसक्नेहरूका लागि ‘गुइँठा’को प्रयोग अनिवार्य बाध्यता पनि हो । यसर्थ धेरै धुवाँ हुने गरी होइन, हावा ओहोरदोहोर हुने ठाउँमा खाना पकाउने र अन्य स्वास्थ्य सतर्कता अपनाउन जरुरी हुन्छ”, वरिष्ठ स्वास्थ्य निरीक्षक पासवानको सुझाव छ।

महोत्तरीसहित मधेसका जिल्लामा धेरैजसो गोबर खाना पकाउने इन्धन प्रयोजनमा खपत हुने गरेको छ । यसले खेतीका लागि रासायनिक मलको निर्भरता बढाएको भङ्गाहा–४ रामनगरका ८० वर्षीय किसान दीपबहादुर फुयालको बुझाइ छ।

‘कम्पोष्ट मल बनाइने गोबर दाउरा बन्छ । कम्पोष्ट मल नभएपछि खेतबारी मलिलो हुन नसक्दा उत्पादन घट्दो छ । रासायनिक मलमा निर्भरता बढ्दो छ’ , उनले भने।

इन्धनमा गोबरको विकल्प खोज्नैपर्ने फुयालसहितका पाका किसानको मत छ। ‘कम्पोष्ट मलको अभावमा जग्गामा उत्पादन घट्दो छ । सरकारले किसानलाई ग्यास चुलो जडान गर्न उत्प्रेरित गर्न र गरिब जनतासम्म वनउपज ९दाउरा० मा पहुँच दिन आवश्यक पर्छ’ , फुयालकै छिमेकी ८५ वर्षीय छविलाल दाहालले भने।

 

 

 

मङ्गल ग्रहमा इन्टरनेट सेवा सुरु हुँदै

मङ्गल ग्रहमा पृथ्वीमा भन्दा लाखौँ गुणा तीव्र गतिको इन्टरनेट सेवा सुरु हुँदै छ । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले मङ्गल ग्रहमा उच्च गतिको इन्टरनेट सेवा स्थापित गर्ने विषयमा छिटै काम सुरु गर्ने भएको छ ।

वास्तवमा यो नासाको गहन अन्तरिक्ष इन्टरनेट सञ्जाल योजना (डिप स्पेस इन्टरनेट नेटवर्क प्लान) हो । यसको सबैभन्दा पहिलो लाभ मङ्गल ग्रहलाई प्राप्त हुने छ । डिप स्पेस अप्टिकल कम्युनिकेसन (डिएसओसी) नामक नयाँ प्रविधिको परीक्षण हाल नासाको साइकी अन्तरिक्ष यानमा गरिँदै छ र अहिलेसम्मको परिणाम आशाजनक छ ।

यो प्रणालीले दुरस्थ अन्तरिक्षमा डाटा प्रसारणका लागि पारम्परिक रेडियो ट्रान्समिसनको साटो शक्तिशाली लेजरको प्रयोग गर्दछ । यसबाट मौजुदा विधिको तुलनामा सय गुणा अधिक गति प्राप्त हुन्छ ।

यो प्रविधिबाट लाखौँ किलोमिटर टाढासम्म एचडी भिडियो तथा जटिल डाटा प्रेषित गर्न सकिन्छ । अर्थात् यो प्रविधिबाट अन्तरिक्ष वा मङ्गल ग्रहमा हुने अनुसन्धानका डाटा, भिडियो, अडियो तथा तस्बिर सजिलैसँग केही सेकेन्डमै पृथ्वीमा प्राप्त हुने छन् ।

डिएसओसी प्रविधि यसअघि नै ४६ करोड किलोमिटर टाढाबाट डाटा प्रेषित गर्नमा सक्षम भइसकेको छ । जुन पृथ्वी र मङ्गलबीचको दूरीभन्दा पनि धेरै छ । नजिकको दूरी जस्तै पृथ्वी र मङ्गलबीचको पाँच करोड ३० लाख किलोमिटरको दूरीमा यो प्रविधिले २६७ मेगाबिट प्रतिसेकेन्डको गतिमा डाटा प्रसारण गर्ने छ । यो उच्च गतिको इन्टरनेटको क्षेत्रमा एउटा चमत्कार नै हो ।

नासाको जेट प्रोपल्सन प्रयोगशालामा डिएसओसी परियोजनाका एक प्राविधिकका अनुसार उक्त प्रविधिको परीक्षणमा प्राप्त नतिजा निकै उत्साहप्रद तथा अपेक्षाभन्दा पनि अब्बल छ । यद्यपि यो प्रविधि अहिले आफ्नो प्रायोगिक चरणमै रहेको छ ।

 

तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन

कानुन, न्याय तथा मानव अधिकार समितिले तीनकुने घटनाबारे छानबिन समिति गठन गरी दोषीमाथि कानुनी कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । सभापति बिमला सुवेदीले उक्त घटनामा मानव अधिकारको गम्भीर उल्लङ्घन भएको बताउनुभयो । उहाँले घटनामा शान्ति सुरक्षा कायम गर्ने सरकारको दायित्वमा कमजोरी देखिएको जानकारी दिनुभयो ।

आगामी दिनमा राज्यले यस्ता घटना दोहोरिन नदिन समितिले सचेत गराएको उहाँको भनाइ छ । उहाँले सुरक्षा चुनौतीको विश्लेषणका आधारमा शान्ति सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाउनु पर्ने बताउनुभयो । उहाँले उक्त घटनामा मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारको व्यवस्थालाई थप प्रभाकारी बनाउन सरकारलाई निर्देशन दिएको बताउनुभयो ।

सभापति सुवेदीले आगामी दिनमा सुरक्षा संवेदनशीलतालाई उच्च प्राथकितामा राखेर उचित स्थानमा मात्र प्रदर्शन गर्न अनुमति दिने आवश्यक आवश्यक प्रवन्ध मिलाउन सरकाराई निर्देशन दिएको बताउनुभयो ।

अमेरिकी रक्षमन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पीट हेगसेथले जलवायु र विविधतासम्बन्धी पहललगायत ‘फजुल’ खर्चमा पाँच अर्ब १० करोड अमेरिकी डलर कटौती गर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई तथाकथित सरकारी दक्षता विभागको नेतृत्व गर्ने जिम्मेवारी दिनुभएको छ ।

हेगसेथले अघिल्लो प्रशासनबाट कार्यक्रमहरू जरैदेखि उखेलेर फाल्न डिओजिईको ‘व्यापक पहुँच’ हुने बताउनुभएको छ । गत महिना उहाँले जलवायु परिवर्तन र विविधता, समानता र समावेशीकरण ९डिइआई० क्षेत्रसँग सम्बन्धित अनुदानसहित पाँच करोड ८० लाख डलर अमेरिकी डलर खर्च अन्त्य गर्न आदेश दिनुभएको थियो ।

हेगसेथले बिहीबार सार्वजनिक गरेको एक भिडियोमा विभागले ‘डिइआई, जलवायु, कोभिड–१९ प्रतिकार्य र सम्बन्धित गैर–आवश्यक गतिविधिका लागि ११ वटा सम्झौता’ अन्त्य गर्न लागेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “हामी अहिले एक सम्झौतापत्रमा हस्ताक्षर गर्दैछौँ, यसमा लाखौँ नभई ५।१ अर्ब डलरको डिओडी सम्झौता रद्द गर्न निर्देशन दिइएको छ।”

कटौतीमा डिफेन्स हेल्थ एजेन्सीका लागि निजी फर्महरूबाट परामर्श सेवाहरूका लागि सम्झौताका साथै सूचना प्रविधि क्षेत्रको क्लाउड सेवाहरूको सम्झौता पनि समावेश छ ।

डीओडीले नर्थवेस्टर्न युनिभर्सिटी र कोर्नेल युनिभर्सिटीलाई पाँच अर्ब अमेरिकी डलरभन्दा बढीको अनुदान पनि रोकेको छ, जसलाई हेगसेथले यहूदी–विरोधी सहन गर्छन् र विभाजनकारी डीईआई कार्यक्रमहरूलाई समर्थन गर्ने ‘शैक्षिक संस्थाहरू’ भनेर वर्णन गर्नुभएको छ ।

पेन्टागनले सन् २०२५ का लागि ८५० अर्ब अमेरिकी डलरको बजेट विनियोजन गर्नुभएको छ ।

वासिङ्टन पोस्टका अनुसार फेब्रुअरीमा हेगसेथको एक पत्रमा आगामी वर्षदेखि प्रत्येक वर्षको बजेटबाट आठ प्रतिशत कटौती गर्ने योजना तयार पार्न आदेश दिइएको थियो ।

यदि यो पूर्णरूपमा लागु भयो भने यो कटौती प्रत्येक वर्ष दशौँ अर्बले घटाएर पाँच वर्षको अन्त्यसम्ममा लगभग ५६० अर्ब डलरमा झर्ने छ।

हेगसेथले यसै वर्षको सुरुमा भन्नुभएको थियो, “हामी बाइडेन युगका गैरघातक कार्यक्रमहरूबाट टाढा जानेछौँ र यसको सट्टा राष्ट्रपति ट्रम्पको ‘अमेरिका पहिला’ शक्तिको माध्यमबाट शान्ति, प्राथमिकताहरूमा त्यो पैसा खर्च गर्नेछौँ ।

 

देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा

देशका विभिन्न स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो विराटनगर, काठमाडौँ, पोखरा र डडेल्धुरामा हल्कादेखि मध्यम वर्षा भएको हो ।

शुक्रबार दिउँसो देशको उच्च तथा हिमाली भुभागका थोरै स्थानमा मेघजर्गनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, शुक्रबार राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारयात बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने महाशाखाले जनाएको छ ।

साथै, सुदूपश्चिम प्रदेशलगायत देशको पहाडी भुभागका एक दुई स्थानमा मेघजर्गनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमाको केही स्थानमा हल्का वर्षा र हिमपातकोे सम्भावना छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव छ ।

 

 

 

 

महोत्तरीको एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको सङ्क्रमण फेला परेको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिए । धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोले यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको उनले बताए ।

उनका अनुसार सङ्क्रमितमध्ये ८० प्रतिशत स्थानीय मुसलिम समुदाय र बाँकी अन्य जातजातिका रहेका छन् । यस्तै, सङ्क्रमितमध्ये १२ जनाले हाल स्वास्थ्यचौकीको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका स्वास्थ्यचौकी ईन्चार्ज महतोले बताए ।

स्थानीयले वडामा तत्काल बृहत्त् सचेतना अभियान सञ्चालन गरेर थप सङ्क्रमितको खोजतलाश गर्न र सङ्क्रमण फैलिन रोक्नुपर्ने माग गरेका छन् ।

क्षयरोग चुरोट, बिडी र धूमपान, धुँवाधुलो र खानपानको समस्याले हुने एक प्रकारको सरुवा रोग हो । यसको समयमै उपचार नभए एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै भयावह रुप लिनसक्ने जनस्वास्थ्यकर्मीको भनाइ छ । नेपाल सरकारले यस रोगको औषधि निःशुल्क प्रदान गरिरहेको छ ।

 

 

दुर्गा प्रसाईं प्रहरी हिरासतमा

१२ दिन हिरासतमा राख्न अदालतको अनुमति
मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले समातेको छ । अदालतले प्रसाईलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला प्रहरी परिसार काठमाडौँका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी अपीलराज बोहराले प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जानकारी दिनुभयो ।

प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

प्रहरीले दुवैलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार अलदालतले म्याद थपको अनुमति दिएको हो ।

तीनकुने घटनामा फरार रहेका प्रसाई र खड्कालाई आज झापाको भद्रपुरबाट नियन्त्रणमा लिई काठमाडौँ ल्याइ जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको थियो ।