दुर्गा प्रसाईं प्रहरी हिरासतमा

१२ दिन हिरासतमा राख्न अदालतको अनुमति
मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले समातेको छ । अदालतले प्रसाईलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला प्रहरी परिसार काठमाडौँका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी अपीलराज बोहराले प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जानकारी दिनुभयो ।
प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।
प्रहरीले दुवैलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार अलदालतले म्याद थपको अनुमति दिएको हो ।
तीनकुने घटनामा फरार रहेका प्रसाई र खड्कालाई आज झापाको भद्रपुरबाट नियन्त्रणमा लिई काठमाडौँ ल्याइ जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको थियो ।