पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर घटाउन संसदीय समितिको निर्देशन – Nepalboli

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर घटाउन संसदीय समितिको निर्देशन

   १० असार २०७९, शुक्रबार  

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सर्वसाधारणलाई असर पर्न गएको जनाउँदै समितिले तत्कालै करमा ५० प्रतिशत घटाएर जनतालाई राहत दिन निर्देशन दिएको हो ।

‘पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धिबाट पर्न गएको असरलाई तत्काल न्यूनीकरण गरी जनतालाई उपलब्ध गराउन विद्यमान अन्तर्राष्ट्रिय परिवेशबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य नहुने अवधिसम्मका लागि नेपाल सरकारले नेपाल आयल निगमसँग विभिन्न शीर्षकमा लिँदै आएको करलाई ५० प्रतिशतले घटाउन निर्देशन दिने’ उपसमितिको निर्देशनमा भनिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै