माओवादी केन्द्रीय समिति बैठक दोस्रोपटक सर्‍यो – Nepalboli

माओवादी केन्द्रीय समिति बैठक दोस्रोपटक सर्‍यो

   १० असार २०७९, शुक्रबार  

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुन सरेको छ । आगामी असार १५ गते बस्ने भनिएको बैठक असार १९ गते सारिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए । यसअघि जेठ २० गते बस्ने भनिएको बैठक असार १५ गतेका लागि सारिएको थियो ।

‘हामीले असार १५ गते नै बैठक बस्न खोजेका थियौ । केन्द्रीय कार्यालय पेरिसडाँडामा ठाउँ पुग्ने भएन । तत्काल प्रज्ञा भवन कमलादीमा स्पेस नभएकाले असार १९ गते बस्ने निर्णय भयो’ ढकालले भने, ‘अब असार १९ गते विहान ११ बजे बस्ने भयो । बैठक तीन दिनसम्म चल्नेछ ।’ केन्द्रीय समिति बैठकबाट अपूर्ण केन्द्रीय समितिले पूर्णता पाउने बताएको छ । अरु पार्टी पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी प्रदेश र संघको चुनावपछि गर्ने माओवादी तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै