भारतको धार्मिक रेल आयो जनकपुर, भव्य स्वागत – Nepalboli

भारतको धार्मिक रेल आयो जनकपुर, भव्य स्वागत

   २०७९ असार ९, बिहीबार  

रामायण सर्किट अन्तर्गत भारतबाट जनकपुरमा धार्मिक रेल आएको छ। मंगलबार दिल्लीबाट धार्मिक पर्यटक लिएर हिँडेको रेल बिहीबार जनकपुर आइपुगेको हो । । मंगलबार साँझ दिल्लीस्थित रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपले हरियो झण्डा देखाएर रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउनका लागि रेल्वे उद्घाटन गरेका थिए ।

विहिवार अपराह्न १ वजेर ३० मिनेट जनकपुर आए पछि भारतीय धार्मिक रेललाई त्याहा भव्य स्वागत गरिएको छ । स्वागतका लागी जनकपुर स्थित रेल्वे स्टेशनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री श्री शत्रुघ्न महतो, जनकपुरधामका मेयर श्री मनोजकुमार शाह, नेपाल रेलवेका महाप्रबन्धक श्री निरञ्जन झा, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर श्री प्रसन्न श्रीवास्तव र वीरगन्जस्थित भारतीय महावाणिज्य दूत श्री नितेश कुमार उपस्थित थिए ।
त्यसको साथै स्थानीय राजनीतिक प्रतिनिधि, पदाधिकारी, व्यापारी, पत्रकार, नागरिक समाजका सदस्यहरुको पनि रेल्बे स्टेश्नमा बाक्लो उपस्थिति रहेको थियो ।

भारतको धार्मिक रेलमा आएका पर्यटकहरू जानकी मन्दिरको दर्शन गर्नुको साथै जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम हेर्ने छन् भने आजै साझ गंगा आरतीमा सहभागी हुने छन् । शुक्रवार भारतका पर्यटकहरु धनुुषाधाम जानेछन् र त्यस भारत गौरव ट्रेनबाट रामायण सर्किट रुटको अगाडी यात्राका लागि सडक मार्गबाट सीतामढी जानेछन् ।

जनकपुर र भारतको जयनगर विच गत चैत देखि दैनिक रेल सेवा चल्दै आएको छ । भारत सरकारको सहयोगमा बनेको यो रेल्वेको उद्धघाटन भारत र नेपालका प्रधानमन्त्रीहरूले गत ०२ अप्रिलमा संयुक्त रूपमा गरेका थिए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै