काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार – Nepalboli

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

   २०८० पुष १८, बुधबार  

जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् ।

उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको उनले बताए । उनले भने, ‘फरार खड्काको खोजी गरिरहेका छौं ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै