उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त – Nepalboli

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त

   २०८० पुष १८, बुधबार  

न्याय परिषद्‌ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । बुधबार बसेको परिषद्‌को बैठकले उच्च अदालतमा रिक्त रहेका ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको हो। उच्च अदालतमा नियुक्त हुने न्यायाधीशमध्ये सबैभन्दा बढी जिल्ला अदालतका न्यायाधीश छन् । जिल्ला अदालतका न्यायाधीशबाट २६ जना उच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् ।

परिषद्ले न्याय सेवा र सरकारी वकिलबाट ४ जना अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्त गरेको छ । यस्तै, ९ जना कानुन व्यवसायी उच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् ।

परिषद्‌को बुधबारको बैठकले उच्च अदालतका १६ जना न्यायाधीशको सरुवा समेत गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै