हनी ट्र्यापमा पारेर पुरुषलाई ठगी गर्ने तीन युवा पक्राउ – Nepalboli

हनी ट्र्यापमा पारेर पुरुषलाई ठगी गर्ने तीन युवा पक्राउ

   २०८० पुष १८, बुधबार  

जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली फेसबुक आइडी बनाएर ठगी ‘हनी ट्र्याप’ गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं २९ तालचोकका २२ वर्षका अनुराग घिमिरे, चितवन रत्ननगर नगरपालिका वडा नं १३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका वडा नं १ का २१ वर्षीय युनिक सिंह छन् ।

उनीहरुलाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरेर पोखरा ल्याइ अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिए ।

उनीहरुले केटीको नाममा फेसबुक आइडी बनाएर पुरुषहरुलाई हनी ट्र्यापमा पारेर गठी गर्दै आएको डीएसपी विकले बताए । उनका अनुुसार पक्राउ परेकाहरुले फेसबुकमा सुरुमा साथी बनाउने, फोन गर्ने र त्यसपछि अश्लील भिडियोहरू देखाउने तथा स्क्रिन रेकर्ड गर्ने गरेका थिए ।

सोही रेकर्ड भएको स्क्रिनलाई उनीहरुले सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छु भनेर डर धम्की दिएर पैसा असुल्ने गरेको खुलेको डीएसपी विकले बताए ।

पक्राउ परेका तीनैजनाविरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्सन) सम्बन्धी मुद्दामा अदालतबाट अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै