काठमाडौं अदालतबाट फरार व्यक्तिलाई तीन घन्टापछि पक्रियो प्रहरीले – Nepalboli

काठमाडौं अदालतबाट फरार व्यक्तिलाई तीन घन्टापछि पक्रियो प्रहरीले

   ६ असार २०७९, सोमबार  

जिल्ला अदालत काठमाडौंबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले तीन घन्टापछि नियन्त्रणमा लिएको छ । जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लैजाँदै गर्दा आइतबार सप्तरीको कचन गाउँपालिका घर भई तिलगङ्गा बस्दै आएका अनिल ठाकुर फरार भएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालत लैजाँदा फरार भएका ठाकुरलाई आइतबार बेलुकी नै नियन्त्रणमा लिइएको बताए ।

तीन घन्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट ठाकुरलाई पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरीले ललितपुर र भक्तपुर प्रहरीको समन्वयमा उनको खोजी गरिरहेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै