राष्ट्रिय सभा निर्वाचनमा भाग लिने दलहरूलाई आज चुनाव चिह्न प्रदान गरिने – Nepalboli

राष्ट्रिय सभा निर्वाचनमा भाग लिने दलहरूलाई आज चुनाव चिह्न प्रदान गरिने

   २०८० पुष १, आईतवार  

राष्ट्रिय सभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले आज चुनाव चिह्न पाउने भएका छन्।
राष्ट्रिय सभा चुनावमा भाग लिनका लागि १२ दलहरुले शुक्रबार निवेदन दिएका थिए। निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई आयोगले आज चुनाव चिह्न दिने भएको हो।

दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ। फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ। माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ। एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै