तल्लो कार्यसमितिहरुमा कुनै पद रिक्त भएको भए पाँच दिनभित्र जानकारी गराउन कांग्रेसले निर्देशन – Nepalboli

तल्लो कार्यसमितिहरुमा कुनै पद रिक्त भएको भए पाँच दिनभित्र जानकारी गराउन कांग्रेसले निर्देशन

   २८ मंसिर २०८०, बिहीबार  

नेपाली कांग्रेसले प्रदेश, जिल्लालगायत कार्यसमितिलाई कुनै पद रिक्त भएमा कारण खुलाई पाँच दिनभित्र केन्द्रीय कार्यालयमा विवरण पठाउन निर्देशन दिएको छ। महामन्त्री गगन थापाले मंसिर २५ मा प्रदेश र जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै रिक्त स्थानको जानकारी गराउन भनेका हुन्।

पार्टीका प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, गाउँ-नगरपालिका, वडामा निर्वाचन हुन बाँकी रहेका पद वा विधानतस् विविध कारणले रिक्त रहेका पद भए जानकारी गराउन कांग्रेसले निर्देशन दिएको हो।

प्रदेश कार्यसमितिले प्रदेश भित्रका रिक्त पद, मनोनीत गर्न बाँकी पदबारे जानकारी गराउनुपर्नेछ। साथै जिल्ला कार्यसमितिले जिल्ला र तल्लो सबै तहका रिक्त पद र मनोनीत गर्न बाँकी रहेको अभिलेख पठाउनुपर्ने परिपत्रमा उल्लेख छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै