संसदका महासचिव गौतमको राजीनामा स्वीकृत – Nepalboli

संसदका महासचिव गौतमको राजीनामा स्वीकृत

   २०८० मंसिर २७, बुधबार  

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत गरेका छन् । गौतमले २४ मंसिरदेखि लागू हुने गरी दिएको राजीनामा राष्ट्रपति पौडेलले बुधबार स्वीकृत गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

गौतमले राजीनामा दिएपछि सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै