झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी, साँघुरा कोठामा सकस – Nepalboli

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी, साँघुरा कोठामा सकस

   २०८३ मंसिर १२, शुक्रबार  

झापा — झापा कारागारमा क्षमताभन्दा दोब्बरभन्दा बढी कैदीबन्दी राखिँदा कारागारको भौतिक पूर्वाधारमाथि चाप बढेको छ । छ दशक पुरानो भवन र साँघुरा कोठाका कारण कैदीबन्दीलाई असहज अवस्थामा बस्नुपर्ने बाध्यता छ ।

कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल झापा कारागारमा कैदी र थुनुवा गरी १ हजार ७१० जना८८ छन् । त्यसमध्ये ९२९ जना कैदी र ७८१ जना थुनुवा रहेका छन् ।

कारागारमा पुरुषको संख्या १ हजार ६२६ र महिलाको संख्या ८४ रहेको छ । महिला र पुरुषका लागि छुट्टाछुट्टै भवनको व्यवस्था गरिएको छ ।

कारागार प्रशासनका अनुसार यहाँ ६५ वर्षभन्दा माथिका २४ ज्येष्ठ नागरिक, एक गर्भवती महिला र एक आश्रित नाबालकसमेत रहेका छन् । यसले कारागारभित्र स्वास्थ्य, आवास र आधारभूत सुविधाको व्यवस्थापनमा थप चुनौती देखिएको छ ।

झापा कारागारमा १९ जोडी विवाहित कैदीबन्दीसमेत रहेका छन् । राष्ट्रियताका आधारमा १२२ भारतीय र २९ भुटानी नागरिकले कैद तथा थुनुवा जीवन बिताइरहेका छन् ।

पुरानो संरचना, सीमित ठाउँ र क्षमताभन्दा अत्यधिक कैदीबन्दीका कारण झापा कारागारमा दैनिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको कारागार प्रशासनले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै