प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा – Nepalboli

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

   २४ मंसिर २०८०, आईतवार  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । गजुरेलले २० मंसिरमा राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने भइसकेको छैन ।

‘राजीनामा बुझाएको छु, तर अहिलेसम्म स्वीकृति भएको खबर आइसकेको छैन’, गजुरेलले भने ।

गत मंसिरमा सम्पन्न आम निर्वाचनमा सिन्धुलीबाट आकांक्षा राखेका गजुरेलले प्रतिनिधिसभाको टिकट पाएका थिएनन् । त्यसपछि प्रचण्ड प्रधानमन्त्री भएपछि ९ माघ २०७९ मा उनलाई आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै