प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरीउपर सुनुवाइ समितिमा छलफल
नेपाल बोली
२४ मंसिर २०८०, आईतवार
प्रतिनिधि सभाअन्तर्गत संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ जारी छ । सुनुवाइअन्तर्गत प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरीउपर छलफल भएको छ ।
न्यायपरिषद्ले सिफारिस गरेका ६ न्यायाधीशमध्ये तीनजनाविरुद्ध १० जटा उजुरी परेको छ। सुनुवाइ समितिमा टेकप्रसाद ढुंगानाविरुद्व नेपाल सरकारका उपसचिव पुष्पप्रसाद गुरागाईंले दिएको उजुरीउपर छलफल भएको हो ।
प्रस्तावित न्यायाधीश सारंगा सुवेदीका नाममा ६, टेकप्रसाद ढुंगानाका नाममा तीन र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको छ।
महेश शर्मा पौड्याल, सुनील पोखरेल र बालकृष्ण ढकालको नाममा भने कुनै उजुरी परेको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै