आजको कोराना अपडेट – ४,७६२ संक्रमित, ११४ को मृत्यु – Nepalboli

आजको कोराना अपडेट – ४,७६२ संक्रमित, ११४ को मृत्यु

   २०७८ जेष्ठ १७, सोमबार  

पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ५ लाख ६१ हजार ३०२ जना पुगेको छ।

२४ घण्टामा ६४९१ जना कोरोनामुक्त भएका छन्। यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ११४ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ८३८६ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै