विराटनगरमा २० किलो गहनासहित सुनचाँदी पसल सञ्चालक पक्राउ – Nepalboli

विराटनगरमा २० किलो गहनासहित सुनचाँदी पसल सञ्चालक पक्राउ

   २०८० कार्तिक १७, शुक्रबार  

प्रहरीले अवैध सुनचाँदीको कारोबार गरेको आरोपमा विराटनगरका पशुपति ज्वेलर्सका सञ्चालकलाई पक्राउ गरेको छ । बिहीबार ज्वेलर्समा छापा मारेको प्रहरी, राजस्व, प्रसाशन र भन्सार कार्यालयको टोलीले करिब २० किलो सुनचाँदीको गहनासहित सञ्चालक विश्वजित जानालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बरामद गहना चाँदीका धेरै छन् ।

बिहीबार कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोली उक्त सुन पसलमा पुगेको थियो । बरामद सुनचाँदीको विलबिजक नभेटिएको प्रहरीले बताएको छ ।

मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले विराटनगर महानगरपालिका–११ पिचरामा रहेको पशुपति ज्वेलर्समा छापा मार्दा सुन–चाँदीबाट बनेका अवैध सामग्री र गरगहना बरामद भएको बताए ।

सञ्चालक जानामाथि अनुसन्धान भइरहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै