दशैमा काठमाडौबाट बाहिरिएका १५ लाख मध्ये मंगलवारदेखि फर्कन सुुरु, यो वर्ष तुलनात्मकरुपमा कम दुर्घटना – Nepalboli

दशैमा काठमाडौबाट बाहिरिएका १५ लाख मध्ये मंगलवारदेखि फर्कन सुुरु, यो वर्ष तुलनात्मकरुपमा कम दुर्घटना

   २०८० कार्तिक ८, बुधबार  

नेपाल प्रहरीले चाडपर्वको समयमा हुने सार्वजनिक सवारी साधनको दुर्घटना यो वर्ष कम भएको बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विगतका वर्षको तुलनामा लामो दुरीका सार्वजनिक साधनको दुर्घटना यो पटक कम भएको जानकारी दिए ।

उनले भने “देशैभरमा सबैतिरको जम्मा तथ्याङ्क आएको छैन । तुलनात्मक रुपमा यो पटक ठूला–ठूला सार्वजनिक यात्रुवाहक बसहरु दुर्घटनामा परेको छैन”, यसबाहेक पाल्पा लगायतका स्थानमा निजी प्रयोजनका यातायातका साधन दुर्घटनामा परेको उनको भनाई छ ।

उनका अनुसार दसैँ पर्वको अवसरमा काठमाडौं उपत्यका बाहिर जानेको संख्या १५ लाखभन्दा बढी रहेका छन् । मंगलबार दिउँसो देखि नै सडकमा यातायातका साधनको चहलपहल बढ्दै गएको छ ।

उनले भने “१५ लाखभन्दा बढी उपत्यका बाहिर भएको तथ्याङ्क छ, फर्किने क्रम अलि अलि सुरु भयो । यताबाट काठमाडौं बाहिर दसैँ मनाउन जाने लामो बसहरु दुर्घना भएन । रिजर्भ गएका, फेमिली टुर गएका बसहरु पल्टेका छन् । फाट्टफुट्ट चोरी भएको छ”, उनलेले विगतको तुलनामा चोरी पनि कम भएको पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै