दुर्घटनामा परेका घाईते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन – Nepalboli

दुर्घटनामा परेका घाईते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन

   २०८० कार्तिक ८, बुधबार  

गत असोज २७ गते दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधन भएको छ । उनले चलाएको हेलिकोप्टर गत शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो।

नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् बताएको छ। मनाङ एयरले मंगलबार निधनको पुष्टि गरेको हो।

दुर्घटनामा उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन गएको मनाङ एयरको हेलिकप्टर शनिबार बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा दुर्घटनाग्रस्त भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै