बझाङ केन्द्रविन्दु बनाएर फेरि भूकम्प – Nepalboli

बझाङ केन्द्रविन्दु बनाएर फेरि भूकम्प

   २०८० कार्तिक २, बिहीबार  

सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। बुधबार राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु बनाएर ४.६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेलधुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ।

यसअघि यही असोज १६ गते बझाङ नै केन्द्रविन्दु बनाएर गएको भूकम्पले सुदूरपश्चिम प्रदेका पहाडी जिल्लामा ठूलो मात्रामा भौतिक क्षति पुर्‍याएको थियो। भूकम्पको धक्काले जमिन फाटेर गएको पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै